Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

पोखरामा सहकारी पीडितलाई भेट्न गगनको ‘इन्कार’, पार्टी कार्यालय अगाडी झडप

दुई दिने राजनीतिक भेटघाटका लागि पोखरा पुगेका सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी पीडितहरुले भेट्न इन्कार गरेका छन् ।

नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालयमा आज आइतबार दिनभर राजनीतिक भेटघाटमा ब्यस्त महामन्त्री थापाले सहकारी पीडित संघर्ष समिति कास्कीका संयोजक एवं हालका सूर्यदर्शन सहकारी सञ्चालक समितिका अध्यक्ष किरण श्रेष्ठलगायतका सहकारी पीडितलाई भेट्न इन्कार गरेका हुन् । थापाले सहकारी पीीडतलाई भेट्न इन्कार गरेपछि नाराबाजी गरिएको थियो ।

महामन्त्री थापाले भेट्न इन्कार गरेपछि सूर्यदर्शन सहकारी सञ्चालक समितिका अध्यक्ष किरण श्रेष्ठ थापालाई नभेटी फकिएका हुन् । सहकारीसम्बन्धी मुद्दा अदालतमा चलिरहेका कारण सहकारी मुद्दासँग सम्बन्धित पक्षलाई महामन्त्री थापाले भेट्न इन्कार गरेको स्थानीयले जानकारी दिएका छन् । यता, रवि लामिछानेबिरुद्ध यथेष्ट प्रमाण छ भनेर संसदमा बोलेका महामन्त्री थापासँग प्रमाण खोज्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी समर्थित पीडितहरुसँग नेपाली कांग्रेस कास्कीको अगाडि सहकारी पीडितहरुको केहीबेर झडप भएको थियो ।