Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रास्वपाले बनायो ‘संविधान परिमार्जन सुझाव कार्यदल’

प्रतिनिधिसभाको चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ । आज आइतबार बसेको केन्द्रीय समितिको बैठकबाट प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा उक्त कार्यदल गठन गरिएको कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए ।

‘यो कार्यदलले सात वटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविद्सँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धारणा बनाउनेछ’, उनले भने । कार्यदलमा कान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम साह, डा.तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले सदस्य रहेका उनले जानकारी दिए ।

‘यो कार्यदलले सात वटै प्रदेशमा गर्ने छलफल कार्यक्रमको संयोजक सोही प्रदेशका पार्टी सभापति रहनेछन्’, झाले सुनाए । रास्वपा केन्द्रीय समितिको दुई दिने बैठक काठमाडौंको स्वयम्भूस्थित स्टार ब्यांक्वेटमा जारी छ ।