Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रास्वपाको निष्कर्षः सभापति लामिछानेलाई नै अफ्ठ्यारो पार्ने गरी सहकारी अध्यादेश ल्याइयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले ल्याएको सहकारीसम्बन्धी अध्यादेश आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई नै अप्ठ्यारो पार्ने गरी ल्याइएको निष्कर्ष निकालेको छ । आज शनिबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकले यस्तो ठहर गरेको हो । सहकारीसम्बन्धी अध्यादेश र संविधान संशोधनबारे कसरी धारणा राख्ने भन्नेबारे पनि छलफल भएको छ ।


बैठकपछि सञ्चारकर्मीसँग सांसद गणेश कार्कीले भने, ‘समस्या समाधान गर्न भन्दा रास्वपा सभापतिलाई अफ्ठ्यारो पार्ने गरी मात्रै दफा छिराइएको छ । संविधान संशोधनका बारेमा पनि कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल हुनेछ ।

सहकारीको समस्या समाधान गरेर पीडितलाई न्याय दिने र सहकारी ठगलाई कठघरामा उभ्याउने गरी काम गर्नुपर्ने बेलामा अध्यादेशमार्फत सरकारले आफू र आफू नजिककालाई बचाउने र सहकारीलाई अझ धराशायी बनाउने प्रक्रियामा भूमिका खेलेको छ’, उनले भने । ‘पार्टी सभापतिमाथिको आक्रमण, राजनीतिक प्रतिशोध साँधिएको छ । पार्टीलाई कमजोर बनाउन लागि परेका बताएको छन् । जनताले यी राजनीतिक दललाई जिस्काइरहेका छन्’ उनले भने।