Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

एक पटक यो देशको नेतृत्व र सेवा गर्ने चाहना छः विप्लव

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक पटक देशको नेतृत्व र सेवा गर्ने चाहना रहेको बताएका छन् । आज शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेकपाले एक पटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन् ।

उनले देशको लागि ध्रुवीकरण गर्दै देशको नेतृत्व गर्न चाहेको उल्लेख गरे । उनले अहिलेको पार्टीको एकता शुरुवात मात्रै भएको उल्लेख गर्दै आगामी दिनमा अझ एकताका अभियानहरु बढ्दै जाने बताए । उनले आफूहरुको एकता कुनै दरबार खान, टिस्टेट खान र जग्गा हिनामिना तथा मन्त्री भएर विदेशमा पैसा पठाउनका लागि नभएको बताए । उनले नेपाली नेताहरुले विशेमा टनाटन पैसा पठाएको उनको आरोप छ ।

उनले भने, ‘हाम्रो पार्टीले पनि हामी क्रान्तिकारीहरुले पनि यो देशको लागि ध्रुवीकरण गर्दै देशको नेतृत्व गर्न चाहन्छौँ । एकचोटी यो देशको नेतृत्व र सेवा नेकपाले गर्न चाहन्छ भन्ने कुरा हामीले राखेका छौँ । हामी भन्न चाहन्छौँ, आजको दिनमा जो एकता भएको छ, हाम्रो केन्द्रीय समितिको बैठकपछि ध्रुवीकरणको जो निर्णय थियो, त्यसमा पहिलो कदमको रुपमा आज प्रज्ञा भवनमा शुरु भएको छ । यो शुरुवात मात्रै हो । यो एकता कुनै दरबार खानका लागि होइन, कुनै टी स्टेट खानका लागि होइन, कुनै जग्गा हिनामिना गर्नका लागि होइन, कुनै मन्त्री भएर यो देशको पैसा विदेशमा पठाउन होइन । हाम्रो देशको पैसा विदेशमा टनाटन छ ।’ महासचिव चन्दले अरू राजनीतिक दलहरुले गरेका ध्रुवीकरणका कुराहरुमा नयाँ चिज नरहेको जिकिर गरे ।