Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

प्रधानमन्त्री सोलुखुम्बु जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज शनिबार सोलुखुम्बुको सुर्के जाँदैछन् । 

उनी बिहान ११ बजेको समयमा बालुवाटारबाट नेपाली सेनाको हेलिकोप्टरमा दुई जना मन्त्रीसहित त्यता जान लागेको उनको सचिवालयले जनाएको छ ।

एन ए ०३८ कल साइन भएको सेनाको हेलिकोप्टरमा प्रधानमन्त्रीसँगै रक्षामन्त्री मानबीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पनि रहने जनाइएको छ । प्रधानमन्त्री ओलीको दिउँसो ३ बजे काठमाडौं फर्कने कार्यक्रम छ ।