Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

क्रिकेटर आरिफ शेखले गरे विवाह

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर आरिफ शेखले विवाह गरेका छन् । 

बिहीबार पर्सा वीरगञ्जमै आरिफले सबाना खातुनसँग मुस्लिम परम्पराअनुसार विवाह गरेका हुन् । आरिफ र सबानालाई अहिले उनीहरुका शुभचिन्तकहरूले वैवाहिक जीवनको शुभकामना दिइरहेका छन् ।

त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल, क्रिकेटर सन्दिप लामिछाने, करण केसीलगायत खेलाडीहरुले पनि आरिफ र सबानालाई वैवाहिक जीवनको शुभकामना दिएका छन् । 

हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा आरिफ सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए । फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।