Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

साताको अन्तिम दिन ह्वात्तै बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो?

नेपाली बजारमा आज शुक्रबार पनि सुन–चाँदीको भाउ उकालो लागेको छ । बिहीबार प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको भाउ आज एकै दिन प्रतितोला दुई हजार रूपैयाँ बढेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ १० रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।