Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

भ्रष्टाचार नियन्त्रण गर्नु नै सरकारको मुख्य प्राथमिकता - गृहमन्त्री रमेश लेखक

गृहमन्त्री रमेश लेखकले सरकारको मुख्य प्राथमिकता नै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम राख्नु रहेको बताएका छन् । बिहीबार बसेको संसदको राज्य व्यवस्था समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

‘सरकारको प्राथमिकता नै भ्रष्टाचार नियन्त्रण हो’, गृहमन्त्री लेखकले भने । उनले भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्नु सरकारको दायित्व भएको समेत बताए । भ्रष्टाचार नियन्त्रणका लागि सरकारलाई सहयोग गर्न उनको आग्रह छ ।

गृहमन्त्री लेअकले भने, ‘काम गर्ने वातावरण पनि चाहिन्छ । वातावरण सबैले मिलेर बनाउने हो । उनले सरकारलाई विश्वास गर्नुपर्ने बताउँदै भने, ‘आवधिक निर्वाचनबाट आएको सरकारलाई विश्वास नगरेर कसलाई गर्ने ? विश्वास गर्नुपर्छ ।’

उनले भ्रष्टाचारको अनुसन्धानमा कुनै हदम्याद नहुने पनि बताए । ‘भ्रष्टाचारको अनुसन्धानमा कुनै हदम्याद रहँदैन । जहिलेसुकै अनुसन्धान हुन सक्छ’, बिहीबार संसदको राज्य व्यवस्था समितिको बैठकमा उनले भने ।