Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित

भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।

बिहीबार बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकले उक्त विधेयक सर्वसम्मतिबाट पारित गरेको हो ।

समितिका सभापति रामहरि खतिवडाले भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गर्न बनेको विधेयकको संशोधन प्रस्ताव समितिमा प्रस्तुत गरेका थिए । लगत्तै उक्त विधेयक सर्वसम्मतिबाट पारित भएको हो ।