Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

नेकपा (बहुमत) दाङका सेक्रेटरी पक्राउ

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) दाङ जिल्ला सेक्रेटरी अमर खड्का (नवीन) पक्राउ परेका छन् । प्रहरीले उनलाई हिजो पक्राउ गरेको हो ।

उनीमाथि ५८ वर्षीय धर्मबहादुर बस्नेत र उनकी ५७ वर्षीया श्रीमती माधवा बस्नेतमाथि मिटरब्याजीको आरोपमा दुव्र्यवहार गरेको दुर्गा पन्थमाथि मोसो दलेको लगायतका आरोप छन् । त्यसअघि असोज २९ गते नेकपा (एमाले) दाङका जिल्ला सल्लाहकार सदस्य घोराही उपमहानगर १४ लखन पार्कनजिकै बस्ने दुर्गा पन्थमाथि मोसो दलेको उनीमाथि आरोप छ ।

दुवै घटनापछि नेकपा (बहुमत) का जिल्ला सेक्रेटरी अमरले निकालेर घटनाको जिम्मा लिएका थिए । दुवै घटना घटाएर अमर र उनका पार्टीका सदस्यहरू फरार थिए । प्रहरीका अनुसार यी दुवै घटनाका पीडितले कसैका विरूद्ध किटानी जाहेरी भने दिएका छैनन् ।