Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आज पनि ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो?

नेपाली बजारमा आज बिहीबार सुन चाँदीको भाउ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुन प्रतितोला १ लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको थियो । आज चाँदीको भाउ पनि बढेको छ। हिजो तोलामा १७ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १७ सय ९० रुपैयाँमा किनबेच भएको छ ।