Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

माधव र वामदेवबीच आलोकनगरमा आज पनि भेटवार्ता, के-के भयो कुराकानी?

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच वार्ता जारी छ ।

गौतम एकीकृत समाजवादीमा प्रवेश गर्ने सम्दर्भमा दुई पक्षका नेताहरूबीच एकीकृत समाजवादीको कार्यालय, आलोकनगरमा वार्ता भइरहेको हो ।

दिउँसो १ बजेदेखि भइरहेको उक्त छलफलमा गौतम एक्लै छन् भने एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वाला, महासचिव घनश्याम भूसाल, उपमहासचिव रामकुमार भट्टराई, सचिवहरू सावित्रा भुसाल, गणेश विक, स्थायी कमिटी सदस्य बलराम बाँस्कोटा र निर्वाचन आयोगका अध्यक्ष माधव पौडेल छन् ।

छलफल सकारात्मक ढंगले अगाडि बढिरहेको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिएका छन् ।