Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

महालक्ष्मी विकास बैंकले दियो गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

महालक्ष्मी विकास बैंकले कर्णाली प्रदेश अन्तर्गत १० जिल्लाका सरकारी विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौँ उपत्यकामा प्लस टु तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी) अन्तर्गत डिप्लोमा अध्ययन गर्न चाहने तर घरको आर्थिक अवस्था नाजुक भएका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति बराबरको रकम प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटसँगको समन्वयमा आज बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच छात्रवृत्ति बराबरको रकम प्रदान गरिएको हो ।

यस किसिमको कार्यबाट पैसाको अभावबाट कुनै पनि विद्यार्थीहरूको उच्च शिक्षा हासिल गर्न चाहानामा गतिशिलता प्रदान गर्न केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।