Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

देशमा पाँच वर्ष टिक्ने प्रधानमन्त्रीको खाँचो छः विश्वप्रकाश शर्मा

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पाँच वर्ष एउटै प्रधानमन्त्रीले देशको नेतृत्व गर्न सक्ने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।  आज मंगलबार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवं समभाव विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले पाँच वर्ष संसद मात्रै स्थिर रहने नभई प्रधानमन्त्री पनि पाँच वर्ष स्थिर रहने संविधान संशोधन जरुरी रहेको बताए । उनले अबको मेलमिलापको बहस स्थिर प्रधानमन्त्रीको हुनुपर्ने बताएका छन् । उनले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने कुरा ठूलो नभएको भन्दै संविधान संशोधनको ढोका खोल्दा स्थिर सरकार र प्रधानमन्त्रीको कुरामा जोड दिनुपर्ने बताए ।

अब समुन्नतिको सन्दर्भमा मेलमिलाप जरुरी रहेको उनको भनाइ छ । महामन्त्री शर्माले सरकारका आगामी नीति तथा प्राथमिकता तीन चरणमा काम गर्ने गरी ल्याउनुपर्ने बताए । सबै विकास भइसकेको जसरी राति काम नै नहुनेझैं सूर्य अस्त, नेपाल मस्त हुनु नहुने उनको टिप्पणी थियो । उनले जन्म मितिले नयाँ राजनीतिक दलहरु नभई प्रवृत्तिबाट राजनीतिक दलहरु आवश्यक रहेको बताए । पूर्वाधारको निर्माणमा भइरहेको ढिलाइको गहन अध्ययन जरुरी रहेको बताए ।