Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुनचाँदीको भाउ लगातार गिरावट, आज तालोको कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज मंगलबार पनि सुन चाँदीको भाउ ओरालो लागेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । पुस १४ गते आइतबार सुन प्रतितोला १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर १७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । पुस १४ गते आइतबार चाँदी तोलामा १७ सय ९० रुपैयाँमा किनबेच भएको थियो । 

गएको बिहीबार प्रतितोला ६ सय, शुक्रबार चारसय र आइतबार पाँचसय रुपैयाँ घटेको सुनको मूल्य आज पनि प्रतितोला ६ सय रुपैयाँ घटेको हो । गएको आइतबार सुनको मूल्य प्रतितोला एक लाख पचास हजार दुई सय रुपैयाँ थियो ।