Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

माधव नेपालसँग भेटेपछि वामदेव गौतमले भने- पाँच प्रस्ताव राखेको छु, नेकपा एसमा प्रवेशको सम्भावना छ

राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेट गरेका छन् । गौतमले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग आलोकनगरमा भेटवार्ता गरेका हुन् ।

अध्यक्ष नेपालसँगको भेटपछि गौतमले पुराना संस्मरणहरू पुनर्जीवित गरिएको बताए । आफुहरुबीच नयाँ आकाशतर्फ फेरि हिँड्नपर्छ भन्ने पनि कुरा भएको गौतमले बताए । उनले आफू एकीकृत समाजवादी प्रवेशको सम्भावना रहेको पनि बताए। आजको भेटमा पार्टी एकताको क्रममा आफूनिकट नेताहरूले कुन–कुन जिम्मेवारी पाउने भन्दै गौतमले चासो राखेका थिए ।

एकीकृत समाजवादीमा गौतमलाई नेपाल र झलनाथ खनालपछिको वरियता दिने तयारी छ । अन्य नेताहरूको व्यवस्थापनको टुंगो भने लागिसकेको छैन ।  

वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी)लाई सक्रिय बनाउने भए आफ्ना पाँच प्रस्ताव लागु हुनुपर्ने बताएका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सोमबारको भेटमा उनले आफ्ना प्रस्ताव सुनाएका हुन् ।

गौतमले पार्टीलाई सक्रिय बनाउन आफ्नो क्रियाशील भूमिका पनि माग गरेका छन् । उनले आफ्नो मात्र नभएर आफूसँग भएका नेताहरूको उचित व्यवस्थापनको माग गरेका छन् ।