Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आज चार सयले बढ्यो सुन, चाँदीको मूल्य कति?

नेपाली बजारमा आज सुनको मूल्य चार सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन चार सयले बढेर प्रति तोला एक लाख ५० हजार छ सय रुपैयाँ निर्धारण भएको छ ।

बजारमा अघिल्लो दिन पाँच सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो । अघिल्लो दिन सुनको मूल्य प्रति तोला १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य पाँच रुपैयाँले बढेर प्रति तोला एक हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ ।