Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

नेको इन्स्योरेन्सलाई हकप्रद शेयर निष्कासनको अनुमति

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट कम्पनीको हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि स्वीकृती पाएको हो ।

हकप्रद निष्कासनको अनुमति पाएसँगै नेको इन्स्योरेन्स कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको १०० अंकित दरका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।

नेको इन्स्योरेन्स कम्पनीको हालको चुक्ता पुँजी दुई अर्ब एक करोड रहेको छ। हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ।

कम्पनीले हकप्रद शेयर निष्कासनका लागि सेबोनमा गत चैत ६ गते आवेदन दिएको थियो । सेबोनले उक्त निवेदनको आधारमा कम्पनीलाई पुस ९ गते हकप्रद शेयर निष्कासनको अनुमति दिएको हो । कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड नियुक्त भएको थियो ।