Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

साताको पहिलो दिन ह्वात्तै घट्यो सुनको भाउ, आज तोलाको कतिमा हुँदैछ कारोबार?

साताको पहिलो दिन आज आइतबार सुनको भाउ ओरालो लागेको छ । 

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुन र चाँदीको मूल्य घटेको हो ।

आज सुन प्रतितोला १ लाख ५० हवार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ ।

आज प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।