Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

साताको अन्तिम दिन आज पनि ह्वात्तै बढ्यो सुन चाँदीको भाउ, तोलाको कति पुग्यो?

नेपाली बजारमा आज शुक्रबार पनि सुन चाँदीको भाउ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेर एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो पनि सुन प्रतितोला १ लाख ५० हजार ३ रुपैयाँमा कारोबार भइरहेको थियो । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि चाँदी तोलामा १८ सय रुपैयाँमा किनबेच भएको थियो ।