Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

जनकपुरमा सिद्धार्थ बैंक र ऋणीबीच विवाद

जनकपुरधामस्थित सिद्धार्थ बैंकका प्रबन्धकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जनकपुरधामको मिल्स एरियास्थित सिद्धार्थ बैंकमा जग्गा निलामीको विषयमा विवाद हुँदा प्रहरीले सो शाखाका प्रबन्धक र लोन अधिकृतलाई नियन्त्रणमा लिएको हो । 

जनकपुरधामका एक व्यापारीले उक्त बैंकबाट लिएको ऋण चुक्ता गर्न जाँदा बैंकले ऋणीको जग्गा निलाम गरेको थाहा पाएपछि विहीबार विहानैदेखि बैंक क्षेत्रमा स्थानीय व्यापारीहरुले विरोध गरेका थिए । विरोध प्रदर्शनमा प्रहरीले बैंकको प्रबन्धक र लोन अधिकृतलाई नियन्त्रणमा लिएको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक बरुणबहादुर क्षेत्रीले जग्गा लिलामीको विषयमा मिल्सएरियामा रहेको सिद्धार्थ बैंकको शाखामा जग्गा लिलामीको विषयमा व्यापारी तथा स्थानीय प्रदर्शन गरिरहेको खबर पाएर उनीहरुलाई सुरक्षित राख्नका लागि नियन्त्रणमा लिएको जानकारी दिए ।

जनकपुरधामको भ्रमरपुरा चोकमा रहेको लक्ष्मी ट्रेडर्स संचालन गर्दै आइरहेका दिनेश राय कुर्मीले सिद्धार्थ बैंकको मिल्स एरिया शाखाबाट ३५ लाख रुपैयाँको विजनेश लोन र भाउजुको नाममा महेन्द्रनगरस्थित सिद्धार्थ बैंकको शाखाबाट ४५ लाखको व्यक्तिगत लोन लिएका थिए ।

Photo (4).jpg

उक्त लोनको ब्याज आफूले समय समयमा बुझाउँदै आएको तर बीचमा केही महिना परिवारका एक जना सदस्यलाई प्यारालाईसीस भएर चेकजाँच गराउन बाहिर गएको समय बैंकले आफ्नो जग्गा बेचेको ऋणी रायले आरोप लगाएका छन्  । 

उनले करोडौंको मूल्यको आफ्नो जग्गा बैंकले बिना जानकारी बेचेको थाहा पाएपछि जनकपुरधाम उद्योग वाणिज्यसंघमा निवेदन दिएर सहयोगका लागि आग्रह गरेका थिए । त्यसपछि उद्योग वाणिज्य संघ जनकपुरधामका अध्यक्ष, स्थानीय व्यापारीहरु बैंकमा गएर बुझ्दा बैंकले २४ घण्टा भित्र एक मुस्ट रकम जम्मा गरे जग्गा फिर्ता दिने प्रतिबद्धता गरेको उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिए । पछि बैंकले आनाकानी गर्न थालेको र मालपोतमा गएर बुझ्दा त्यो जग्गा अर्काको नाममा पास भईसकेको जानकारी पाएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

अध्यक्ष भण्डारीले वडाअध्य संग समन्वय गर्न खोज्दा वडाअध्यक्षले आफूलाई यसबारे कुनै जानकारी नभएको बताए । अध्यक्ष भण्डारीले मालपोत, सिद्धार्थ बैंकको मिलेमतोमा यस किसिमको कार्य भएको आरोप लगाए । अध्यक्ष भण्डारीले यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय पुग्दा एसपीले सन्तोषजनक प्रतिकृया नदिएकोले प्रहरीकोसमेत मिलेमत्तो हुनसक्ने बताए ।