Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

फेरि बढ्यो सुनको भाउ, आज तोलाको कति पुग्यो?

नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेको हो । 

मूल्य बढेसँगै आज सुन तोलामा एक लाख ५० हजार तीन सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


हिजो सुनको मूल्य तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य हिजोकै तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।