Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आज ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज बुधबार सुनको भाउ घटेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको छ । 

सुन आज तोलामा एक सय रुपैयाँले घटेर एक लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ४९ हजार आठ सय रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले घटेको छ । 

चाँदीको भाउ आज तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ एक हजार आठ सय पाँच रुपैयाँ रहेको थियो