Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सिप्रदीको ‘एक्समस एक्सचेन्ज’: पुराना गाडीसँग ‘टियागो र पन्च इभी’ साट्न सकिने

यस वर्षको क्रिसमस अवसरमा नेपालका लागी टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङले यही पुस १० देखि १२ गतेसम्म ‘एक्समस एक्सचेन्ज’ कार्यक्रम आयोजना गरेको छ। टाटा ब्रान्डका गाडीहरू लिन खोज्ने ग्राहकहरूलाई सिप्रदीले ‘एक्समस एक्सचेन्ज’ कार्यक्रम आयोजना गर्न लागेको हो ।

यस कार्यक्रममा टाटा ब्रान्डका प्यासेन्जर श्रेणी अन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त टियागो इभी र पन्च इभी, जुनसुकै ब्रान्डका पुराना गाडीहरूसँग साट्न सकिने छ ।

टाटा मोटर्सको देशभर रहेका शोरुमहरुमा आयोजना हुन लागेको उक्त कार्यक्रममा गाडी खरिद गर्ने ग्राहकहरूले ‘आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ्ग, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, १ वर्षको सवारी कर, एक्सेसरिज र बम्पर लक्की ड्रमार्फत आई फोन १६ प्रो समेत प्राप्त गर्ने सकिने’ सिप्रदीले जनाएको छ ।

सो अवसरमा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन्। साथै, नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले अनुरोध समेत गरेको छ ।