Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

लुम्बिनी विकास बैंक र लिजेण्ड प्रोपर्टिज बीच व्यावसायिक सम्झौता

लुम्बिनी विकास बैंक र लिजेण्ड प्रोपर्टिज बीच व्यावसायिक सहकार्य गर्ने बारे सम्झौता भएको छ । सम्झौतामा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य र लिजेण्ड प्रोपर्टिजका उपाध्यक्ष पूर्ण बहादुर लिम्बुले हस्ताक्षर गरे ।

सम्झौता अनुसार लिजेण्ड प्रोपर्टिजले सरकारी मापदण्ड पूरा गर्दै नेपाल सरकार सहरी विकास मन्त्रालय अन्तर्गतको उपत्यका विकास प्राधिकरण र स्थानीय निकायसँग स्वीकृति प्राप्त गरी विभिन्न ठाउँमा व्यवस्थित एवं योजनाबद्ध रूपमा विकास गरी विक्रीका लागि राखिएका जग्गा तथा निर्माण गरिएका आवासीय घरहरू खरिद गर्ने ग्राहकहरूलाई लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना शाखा कार्यालयहरू मार्फत सुलभ ब्याजदर तथा सरल प्रक्रिया मार्फत आवास कर्जा उपलब्ध गराउने भएको छ ।

लिजेण्ड प्रोपर्टिजले हाल नेपालको काठमाडौं उपत्यका भित्र, भक्तपुरको पलाशे, सिपाडोल, चाँगुनारायण नगरपालिकाको कलावशे, काठमाडौंको दक्षिणकाली नगरपालिका चाङ्लाखेल, काभ्रेको बालुवा र कास्कीको पोखरामा गरी विभिन्न स्थानमा आफ्नो आयोजना विस्तार गरिरहेको छ ।

त्यसैसरि देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको विभिन्न स्थानहरूमा गरी ८९ वटा शाखा कार्यालयहरू तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) रहेको छ ।