Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

एनपिएलको टिकट बिक्रीबाट झण्डै चार करोड रूपैयाँ संकलन

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणमा टिकट बिक्रीबाट झण्डै चार करोड रूपैयाँ संकलन भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित त्रिवि मैदानमा १८ दिनमा भएका ३२ खेलमा १ लाख ३५ हजार बढी दर्शकले मैदानमा गएर एनपिएल हेरेको अनुमान गरेको छ। यसमा बिक्री भएका टिकट बाहेक भिआइपी पास र अन्य पास पनि रहेको क्यानले जनाएको छ। 

एनपिएलको केही खेलका टिकट सोल्ड आउट भएका थिए भने अधिकांस खेलमा दर्शकको उपस्थिति थियो। औषत एकदिन ७ हजार पाँच सय जनाले कीर्तिपुरस्थित त्रिवि मैदानमै गएर क्रिकेट हेरेका थिए। 

टिकट बिक्रीबाट उठेको आधा रकम क्यानले राख्नेछ भने आधा रकम फ्रेञ्चाइज क्रिकेट टोलीहरूलाई बाडिनेछ। आठ टोलीबीच प्रतिस्पर्धा भएको एनपिएलको शनिबार भएको फाइनल भिडन्तमा जनकपुर बोल्ट्सले उपाधि जितेको छ। जनकपुरले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै पहिलो संस्करणको उपाधि जित्न सफल भएको थियो।