Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य

सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्टसलाई १८५ रनको लक्ष्य दिएको छ।

नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले नौ विकेटको क्षतिमा १८४ रन बनाएको हो। पहिलो विकेटका लागि ११७ रनका साझेदारी भएको थियो। त्यसपछि सुदूरपश्चिमका लगातार विकेट झर्दै गए।

सुदूरपश्चिमका लागि प्राम्भिक ब्याटर सैफ जैबले अर्धशतक प्रहार गरे। उनले ४३ बलमा आठ चौका र दुई छक्काको मद्दतले ६९ रन बनाए।

त्यस्तै, विनोद भण्डारीले ४१, ब्रान्डन म्याकमुलन र हरमित सिंहले १४(१४ रन तथा स्कट कुगेलिनले १३ रन बनाए। अन्य खेलाडी ठूलो सट प्रहार गर्ने प्रयासमा एकपछि अर्को गर्दै आउट भए।

जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले तीन(तीन तथा जेम्स नशिम र ललित राजवंशीले एक–एक विकेट लिए।