Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

एनपीएल फाइनल: सुदूरपश्चिम रोयल्सले टस जित्यो, पहिले ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

नेपाली खेलकुदकै सबैभन्दा चर्चित प्रतियोगिताको रुपमा दरिएको नेपाल प्रिमियर लिग (एनपीएल) फाइनल आज हुँदैछ । उपाधिका निम्ति मधेस प्रदेशको प्रतिनिधित्व गरेको जनकपुर बोल्ट्स र सुदूरपश्चिमको सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । 

सुदूरपश्चिम दीपेन्द्र सिंह ऐरीको कप्तानीमा तथा जनकपुर आसिफ शेखको कप्तानीमा मैदान उत्रदैँछ । दुवै टिममा पछिल्लो खेलबाट कुनै खेलाडी परिवर्तन गरिएको छैन । 

New Project (39).png

प्रतियोगिताको लिग चरणबाट शीर्ष दुईमा रहँदै प्लेअफ आइपुगेका टिम हुन्, जनकपुर र सुदूरपश्चिम । लिग चरणका सातमध्ये एक खेलमा मात्र हार व्यहोरेको सुदूरपश्चिमले १२ अंकसहित शीर्ष स्थान हाशिल गरेको थियो । दोस्रो स्थानमा रहँदै प्लेअफ आएको जनकपुरले समान खेल खेल्दा दुई हारसहित १० अंक जोडेको थियो ।