Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

बालेनले गरे प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही सिफारिस

काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाही गर्न सिफारिस भएको छ। प्रक्रिया पूरा नगरी नक्सा पास गरेको भन्दै काठमाडौं महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाही गर्न सिफारिस गरेको छ ।

प्रक्रिया पूरा नगरी नक्सा पास गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय भएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । सहसचिव गुरागाईंले प्रक्रिया पूरा नगरी पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरको नक्सा पास गरेको महानगरले जनाएको छ ।

महानगरले शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गर्दै काठमाडौँ टावरको १२ तल्लाको नक्सा पास प्रक्रिया अगाडि बढाउनु पर्नेमा गुरागाईंले प्रक्रिया नै पूरा नगरी १९ तल्लाको नक्सा स्वीकृति दिएको पाइएको बताएको छ । यस विषयमा थप अनुसन्धान गरी कारबाही आवश्यक भएको भन्दै सम्बन्धित निकायमा सिफारिस गरेको महानगरपालिकाको भनाइ छ ।