Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

ईसेभेनस्टार डटकमबाट टिकट काट्दा यती एयरको माउन्टेन फ्लाइटमा जाने मौका

अनलाइन ट्राभल एजेन्सि ईसेभेनस्टार डट कम (www.esevenstar.com) ले ग्राहक लक्षित विशेष अफर ल्याएको छ । यस अफर अन्तर्गत भ्यालेन्टाइन डे अर्थात् फेब्रुअरी १४, २०२५ को साँझ ५ बजेसम्म ईसेभेनस्टार डट कम तथा सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्स मार्फत टिकट काट्ने ग्राहकहरूले हरेक हप्ता, हरेक महिना र भ्यालेन्टाइन डे को दिनमा गरिने फरक फरक लक्की ड्र मा उपहारहरू जित्ने मौका पाउने भएका हुन् । 


यस योजना अन्तर्गत हरेक ग्राहकले विशेष छुट, हरेक साता ग्राहकहरूले ईसेभेनस्टारको विशेष गिफ्ट ह्याम्पर तथा ट्राभल एक्ससेसोरिज् पाउने छन् भने हरेक महिना यती एयरलाइन्सको कुनै पनि गन्तव्यमा निःशुल्क हवाई टिकट प्राप्त गर्नेछन् । भ्यालेन्टाइन डे मा गरिने लक्की ड्रमा भने एक जोडिले यती एयरलान्सनै चढेर माउन्टेन फ्लाइटमा जाने मौका पाउनेछन् ।

अनलाइन ट्राभल मार्फत अनलाइन टिकट काट्ने नेपाली ग्राहकहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै गएको परिप्रेक्ष्यलाई मध्यनजर गर्दै आफ्नो स्थापनाको दसौँ वार्षिकोत्सव अवसर पारेर गत वर्ष ईसेभेनस्टार डट कम सञ्चालनमा ल्याइएको थियो । 

ईसेभेनस्टारको सञ्चालनको सन्दर्भमा प्रष्ट्याउँदै सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सका प्रबन्ध निर्देशक विष्णु प्रसाद कँडेल भन्छन्, ‘सञ्चालनको छोटो समयमै हामीले ग्राहकको उल्लेख्य माया पाउन सफल भयौँ । त्यसैको प्रोत्साहन स्वरूप हामीले आफ्ना ग्राहकलाई भ्यालेन्टाइन डेको अवसर पारेर विभिन्न उपहारहरू प्रदान गर्ने निर्णय गरेका हौँ ।’