Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

साताको अन्तिम दिन पनि ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोवार?

नेपाली बजार आज साताको दिन पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रूपैयाँले घटेको छ ।

यसअघि बुधबार तोलामा ७ सय रूपैयाँ र बिहीबार तोलामा १ हजार ७ सय रूपैयाँले घटेको थियो । आज सुन तोलाको १ लाख ४८ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा २० रूपैयाँले घटेर १ हजार ७ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।