Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

एनपीएलको दोस्रो क्वालिफायर: टस जितेर जनकपुरले कर्णालीविरुद्ध बलिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित टियू मैदानमा हुने खेलमा गर्ने निर्णय गरेको छ । यो खेलको विजेता फाइनल पुग्नेछ र सुदूरपश्चिमसँग उपाधिका लागि खेल्नेछ ।

Photo.jpg

दुवै टिममा पछिल्ला खेलबाट एक एक जना परिवर्तन गरिएको छ । कर्णालीले रित गौतमको स्थानमा युनिस सिंह ठकुरी लाई स्थान दिएको छ । यता जनकपुरमा अरनिको यादवको स्थानमा मयन यादव पहिलो रोजाइमा खेल्दैछन् ।