Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

लगनको महिना सकिएपछि घट्न थाल्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा लगनको महिला सकिएपछि सुनको मूल्य निरन्तर घट्न थालेको छ।

आज बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ। मंगलबार एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

त्यस्तै आज पनि चाँदीको मूल्य घटेको छ । मंगलबार १ हजार ८ सय ४० रुपैयाँमा कारोवार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार ८ सय ३५ रुपैयाँमा कारोवार भइरहेको छ ।