Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

साताको पहिलो दिन ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोवार?

नेपाली बजारमा आज साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य २२०० रुपैयाँ घटेको हो । 


शुक्रबार छापावाल सुन तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो । आइतबार भने घटेर तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको महासंघको भनाइ छ । 

यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर घटेर १ हजार ८४० रुपैयाँ कायम भएको हो ।