Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आज पनि ह्वातै बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो?

नेपाली बजारमा आज बुधबार पनि सुनको भाउ तोलामै दुई हजार रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ लाख ५४ हजार २ सय कायम भएको हो । हिजो मंगलबार सुनको मूल्य प्रतितोला २१ सय रुपैयाँ बढेको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेर आज सुन तोलाको एक लाख ५४ हजार दुई सय रुपैयाँ पुगेको छ ।


हिजो सुनको मूल्य एक लाख ५२ हजार दुईसय रुपैयाँ थियो । दुई दिनमै सुनको मूल्य चार हजार एकसय रुपैयाँ बढेको छ । बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । 

मङ्गलवार तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएकोमा बुधबार पनि सोही मूल्य तय भएको हो ।