Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

राजा वीरेन्द्रका ज्वाइँ गोरख राणा बने स्टान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओ

 स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पहिलो पटक नेपाली नागरिक नियुक्त भएका छन् । मंसिर २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गोरख शम्शेर जबरालाई सीईओ नियुक्त गरेको हो ।

 सन् १९६९ मा बेलायतमा स्थापना भएको यो बैंकको सीईओमा अहिलेसम्म कुनै नेपाली नागरिकले अवसर पाएका थिएनन् ।गोरख शम्शेर जंबराको कार्यकाल जनावरी १, २०२५ ९पुस १७ गते० देखि सुरु हुनेछ । 

उनी ४ वर्षका लागि सो पदमा नियुक्त भएका हुन् । अनिर्वन घोष दस्तिदारको कार्यकाल सकिएसँगै राणा सीईओ बनेका हुन् । ३० वर्षको बैंकिङ अनुभव संगालेका राणासँग स्टान्डर्डमा हुँदा कर्पोरेट एन्ड इन्भेस्टमेन्ट, रिटेल बैंकिङ बिजनेस विभागमा रहेर काम गरेको अनुभव छ । 

उनले इलिनोइस विश्वविद्यालयबाट एमबीए अध्ययन गरेका छन् । गोरख, स्वर्गीय अधिराजकुमारी श्रुती शाहका श्रीमान पनि हुन् ।