Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

ट्रिपर दुर्घटनामा चालकको मृत्यु

मकवानपुरमा ट्रिपर दुर्घटनामा चालकको मृत्यु भएको छ। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–५ झाक्रीडाँडा नजिक निर्माणाधिन तराई – काठमाडौं द्रुतमार्गमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

Photos (1).jpeg

हात्तिसुडेबाट फास्ट ट्रयाकको बाटोको लागी ग्रावेल लोड लिई जाँदै गरेको ना ८ ख २४३० नम्बरको ट्रिपर आफैं अनियन्त्रित भई सडक बाट ३० मिटर तल खोल्सामा खसेर दुर्घटना हुँदा ट्रिपर चालक चितवन घर भएका ४२ वर्षिय सानु लो तामाङको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए ।

Photos.jpg