नेपाली बजारमा फेरि सुनचाँदीको भाउ उकालो लाग्न थालेको छ ।
आज बुधबार सुन चाँदीको भाउमा सामान्य बृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुन प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि सामान्य बढेको छ।
आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १ हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको थियो ।