Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आइएमईको करोडपति क्याम्पेन जितेकी प्रमिला रोकायालाई एक करोडको चेक हस्तान्तरण

आइएमईबाट रकम पठाउँदा एक करोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आइएमईले चेक हस्तान्तरण गरेको छ। जापानको क्योदाइबाट आइएमई रेमिटमार्फत रकम पठाएकी प्रमिलालाई टोकियोस्थित नाकानो सिकी नो मोरी पार्कमा शनिबार आयोजित कार्यक्रममा आइएमईले चेक हस्तान्तरण गरिएको हो।

नेपालका लागि जापानका राजदूत  डा. दुर्गाबहादुर सुवेदी,आइएमई लिमिटेडका सुशील थापा र क्योदाइ  जापानका युचिरो किमोतोले प्रमिलालाई चेक हस्तान्तरण गरेका हुन्।  चेक बुझेपछि प्रमिलाले प्राप्त रकमले नेपालको कैलालीमा बाबुआमालाई घर बनाइदिने योजना सुनाइन्।

असोजमा आइएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाडौंमा सार्वजनिक लक्की ड्र मार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमिला करोडपति क्याम्पेनको भाग्यशाली विजेता बन्न सफल भएकी थिइन्।कम्पनीले विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाउन प्रोत्साहन गर्ने उद्देश्यले आइएमई गरौं,करोडपति बनौं योजना ल्याएको थियो। रकम पठाउने सेवाग्राहीमध्ये एक जनाले एक करोड रुपैयाँ नगद जित्ने अफर सार्वजनिक आइएमईले गरेको थियो।

साथै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ प्राप्त गरेका थिए।योजनामा आइएमई गरी आइएमई पे वालेट, बैङ्क खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राही सहभागी थिए।आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाउन र रेमिटेन्सलाई उद्यमशीलतामा लगाउन प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक वर्ष क्याम्पेन सञ्चालन गरिरहेको बताए।लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले कम्पनीले अघि सारेको योजनामा सेवाग्राहीको सहभागिताले उत्साही भएको बताए।