Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

एमएडब्लू ग्रुप ‘फोटोन ग्लोबल अवार्ड २०२४’ मा सम्मानित

विद्युतीय सवारी साधन (ईभी) को क्षेत्रमा पुर्‍याएको योगदानका लागि एमएडब्लू ग्रुप प्रतिष्ठित ‘फोटोन ग्लोबल अवार्ड २०२४’मा सम्मानित भएको छ । फोटोनमा एमएडब्लू ग्रुप दुई वटा महत्त्वपूर्ण सम्मानबाट सम्मानित भएको हो ।


‘फोटोन ग्लोबल अवार्ड २०२४’ अन्तर्गत ‘लिडरसिप इन न्यु इनर्जी प्रोमोसन अवार्ड २०२४’ बाट एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल सम्मानित भए । त्यस्तै, एमएडब्लू वृद्धि कमर्शियलका सीईओ तुषार गुप्ताले नेपालमा ईभी भ्यानका लागि ‘एक्सेलेन्स इन सेल्स अवार्ड २०२४’ प्राप्त गरे। 


यो सम्मानले नेपालमा फोटोन ईभी सवारी साधनहरूले दिगो ऊर्जा समाधानमा अग्रणी भूमिका निर्वाह गरेको एमएडब्लूले जनाएको छ । यस उपलब्धिले एमएडब्लू ग्रुपको बिक्री सफलता र यस क्षेत्रमा ईभी बजारलाई पुनः परिभाषित गर्ने नवीन रणनीतिलाई दर्साएको एमएडब्लूले जनाएको छ ।

फोटोन ग्रुपका उपाध्यक्ष र फोटोन ओभरसिज बिजनेसका अध्यक्ष फू जुन स्वयमले उक्त अवार्ड प्रदान गरेका थिए। फोटोन ग्लोबलले दिगो ऊर्जा र गतिशीलतामा एमएडब्लू ग्रुपको परिवर्तनकारी योगदानलाई स्वीकार गरेको एमएडब्लूको ठहर छ।