Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

गुरुकुल सञ्चालन गर्न अक्षयकोष स्थापना

पोखरा महानगरपालिका–३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय व्यवस्थित ढङ्गले सञ्चालन गर्न अक्षयकोष स्थापना भएको छ । 

कोष स्थापना भएसँगै त्यसमा ३० लाख रूपैयाँ दाखिला पनि भएको छ । विभिन्न सङ्घसंस्था प्रतिष्ठान एवं व्यक्तिहरूबाट अक्षयकोषमा रकम दाखिला भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नागेन्दप्रसाद्र रेग्मीले जानकारी दिए । अक्षयकोषमा कम्तीमा एक करोड रूपैयाँ पुर्‍याउने लक्ष्य रहेको उनले बताए ।

अक्षयकोषमा पद्मजगत् स्मृति प्रतिष्ठानले १० लाख, धनबहादुर थापाले एक लाख ११ हजार, भगवती पन्तले ५२ हजार ५५, मातृका सिग्देलको स्मृतिमा हरिमाया सिग्देल र परिवारजनले ५१ हजार १११, वासुदेव  तिवारीले ५० हजार, खगराज अधिकारीले ३७ हजार र विष्णुमाया पण्डितले १५ हजार रूपैयाँ प्रदान गरेको उनले बताए ।