Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

हिजो घटेको सुनको भाउ आज फेरि बढ्यो, हेर्नुहोस् तोलाको कति पुग्यो?

हिजो (बिहीबार) घटेको सुनको भाउ आज शुक्रबार उकालो लागेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोलामा १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ४९ हजार ३ रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर १ हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

सरकारले भन्सारदर घटाएपछि यो साता सुनचाँदीकै भाउमा उच्च गिरावट आएको छ । गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।