Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

बिना रकम विदेश पठाउने भन्दै ५ जना युवतीहरूलाई बेचबिखन गरेको आरोपमा पक्राउ

विदेश पठाउने बहाना बनाएर ५ जना युवतीहरूलाई बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई चितवनबाट पक्राउ गरेको छ ।

मकवानपुरको हेटौंडा घर भएका ४४ वर्षीय राज कुमार थिङ उर्फ राजु तामाङलाई नारायणगढ बाट पक्राउ गरिएको चितवनका एसपी गौतम मिश्रले बताए । गाउँका सोझासिधा युवतीहरूलाई बिना रकम विदेश पठाउँछु भनेर उनले नारायणगढबाट सुनौलिको बस चढाएर भारत पठाउन लागेका थिए ।

पासपोर्ट संकलन गरेर भारतबाट भिसा लगाइदिन्छु भनेर बेचबिखन गर्न लागेको सूचना पाएपछि आरोपीलाई पक्राउ गरिएको एसपी मिश्रले जानकारी दिए । उनले भारत लैजान लागेको अवस्थामा ५ जना युवतीहरूलाई प्रहरीले उद्धार गरेर सुरक्षित गृहमा पठाएको छ ।

आरोपीविरुद्ध मानव बेचबिखन मुद्दामा चितवन जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको एसपी मिश्रले बताए । 

467916018_1089655986503239_7184530365214491825_n.jpg