Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

पिकनिक गएर फर्किँदै गरेको स्कुल बस चितवनमा दुर्घटना हुँदा २८ जना घाइते

चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कँदै गरेको स्कुल बस दुर्घटनामा परेको छ। 

कालिका नगरपालिका–४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३–०११ क २६७७ नम्बरको बस शनिबार साँझ ५ बजे कालिका नगरपालिका–९ द्रब्यटारमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

दुर्घटनामा परेर चालकसहित २७ जना विद्यार्थी र एक शिक्षिका गरी २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। 

अहिले चितवन मेडिकल कलेजमा २२ र पुरानो मेडिकल कलेजमा ६ जनाको उपचार भइरहेको महतोले बताए। उनका अनुसार ३० जना विद्यार्थीसहित ३२ जना बसमा सवार थिए। पिकनिक गएर फर्किँदै गर्दा ‘ब्रेक फेल’ भएर बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।