Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

६ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन

तीन सय शैंयाको गजेन्द्रनारायण सिंह अस्पतालमा निर्माण थालिएको छ वर्षमा पनि पूरा भएको छैन। निर्माण कम्पनीसँग तीन वर्ष छ महिनामा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । 

अस्पताल भवन पूरा नहुँदा बहिरङ्ग र प्रसूति सेवा प्रभावित भएको छ । सहरी विकास मन्त्रालयबाट रु ३१ करोड छ लाख २० हजारमा २०७५ सालमा भवन निर्माण  सम्झौता भएको हो  । 

तीन पटक सम्म म्याद थप गरिए पनि भवन अधुरै छ । विसं २०७५ पुस २६ गते तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले भवन निर्माणको शिलान्यास गरेका थिए । सघन सहरी तथा भवन निर्माण आयोजनाका अनुसार निर्माण कम्पनीलाई अगामी पुसभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिइएको छ ।