Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

अमेरिकामा भयानक कार दुर्घटनाः दुई नेपाली युवाको घटनास्थलमै मृत्यु (अपडेट)

अमेरिकाको भर्जिनिया राज्यको च्यान्टिलीमा कार दुर्घटनाहुँदा दुई नेपाली युवाको मृत्यु भएको छ ।

दुर्घटनामा चालकसहित दुई जना घाइते छन् । शुक्रबार सबेरै भएको दुर्घटनामा रुकुमका सुरेश केसी र बर्दियाका विवेक सुवेदीको मृत्यु भएको एनबीसी वासिङ्गटन डटकमले जनाएको छ । 

स्थानीय सञ्चारमाध्यमका अनुसार तीब्र गतिमा रहेको फोर्डको मुस्ताङ्ग कार सडक नजिकैको रुखमा ठोक्किएर दुर्घटनामा परेको हो । चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीले जनाएको छ । चालक विजय तामाङ्ग र मोहन श्रेष्ठ घाइते भएका हुन् । दुवैको अवस्था सामान्य रहेको बताइएको छ ।  

कार चालक ३० वर्षीय   तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि दुई जनाको हत्या अभियोगमा प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ । कारमा चारजना सवार थिए । प्रहरीका अनुसार चालक तामाङ्गले अत्याधिक मदिरा सेवन गरेका थिए ।