Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

एआइजी गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान

नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) लाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रहरी नायब महानिरीक्षक (डीआइजी) ले एआइजीमा बढुवा भएका बुद्धिराज गुरूङ र केदार ढकाललाई शुक्रबार प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले दुई जनालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि शुक्रबार प्रधान कार्यालयमा एक कार्यक्रम आयोजना गरी चिन्ह प्रदान गरेको हो ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

उनले संगठनको हितको लागि सकल दर्जाको सामूहिक प्रतिवद्धता आवश्यक रहेको उल्लेख गर्दै आ–आफ्नो जिम्मेवारी र भूमिकामा सदैव क्रियाशील, चिन्तनशील र दृढ संकल्पित रहन उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन्।