Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुनको भाउमा लगातार वृद्धि, आज तोलाको कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा सुनको भाउ लगातार बढिरहेको छ । 

आज शुक्रबार पनि सुनको मूल्य बढेको छ । आज सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुन प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ भने सामान्य घटेको छ । 

आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको थियो ।