Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

काठमाडौँमा भूकम्पको धक्का

 काठमाडौँमा राति भूकम्पको धक्का महसुस गरिएको छ।

कीर्तिपुर आसपास केन्द्रविन्दु भएर बिहीबार राति १०: ४६ मा २.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्प सानो भए पनि केन्द्रविन्दु नजिक रहेकाले काठमाडौँमा ठूलै धक्का महसुस गरिएकाले मानिसहरू घरबाहिर निस्केका थिए।

काठमाडौँसहित आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।