Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

पोखरा र काठमाडौंमा संसद् शिविर हुने

हिमालयन मेडिटेशन शिवकृपानन्द स्वामी फाउण्डेशनका संस्थापक बाबा स्वामीले (गुडविल एम्बास्डर अफ नेपाल–२०२०) ले नेपालको आध्यात्मिक, योगा तथा वेलनेश पर्यटन प्रवर्द्धनका लागि नेपालमा ध्यान शिविर आयोजन गर्न लागेको बताएका छन् ।

बिहीबार पत्रकार सम्मेलन गर्दै मंसिर १४ र  १५ गते पोखरामा संसद् शिविर र  रंगशालामा आम जनताका लागि ध्यान शिविर हुने बताएका हुन्  । साथै भोलि शुक्रबार बिहान ६ः३० मा काठमाडौंको सितापाइलास्थित हलचोकमा सशस्त्र प्रहरी बलको केन्द्रीय कार्यालयको सभाहलमा संसद् शिविर समेत रहेको बताए ।

यसैगरी उक्त पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका सांसद दामोदर पौडेल वैरागीले विश्वमा शान्ति ल्याउन चाहेको  बताएका छन् । उनले  हाम्रो  वातवरणलाई स्वच्छ राख्नको लागि जुनसुकै ठाउँमा भएपनि  स्थिरता हुन आवश्यक रहेको बताएका हुन् ।  

उनले भने, ‘खासगरी विश्वमा शान्ति  ल्याउन चाहन्छौँ  । मानवता ल्याउन चाहन्छौँ । वातावरणलाई स्वच्छ राख्न चाहन्छौँ, भाषा, जाति, भूगोल, शिक्षा दिक्षा  र ज्ञानका हिसाबले  जुनसुकै  ठाउँमा भएपनि हामी स्थिरता चाहन्छौँ ।  शान्ति चाहन्छौँ, र समृद्धि  चाहन्छौँ । ’

साथै  उनले हरेक कुरामा अनुशासन हुनुपर्ने बताए । उनले हामी सबै ज्ञानी भएर काम गर्न सके हरेक कुरामा आत्मसन्तुष्टि मिल्ने बताए ।